सेञ्चुरी बै‌ंकको ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेञ्चुरी बै‌ंकको ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित



काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

प्रकाशित : १३ बैशाख २०७६, शुक्रबार १४:०१