गभर्नर डा. नेपाल भन्छन, प्रतिस्पर्धी बजारमा बैंकका कर्मचारीहरुको तलब भत्ता तोक्नु हुर्दैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नर डा. नेपाल भन्छन, प्रतिस्पर्धी बजारमा बैंकका कर्मचारीहरुको तलब भत्ता तोक्नु हुर्दैन



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकका कर्मचारीहरुको तलब तोक्न नहुने बताएका छन् । बैंकका कर्मचारीलाई निजामती कर्मचारीको भन्दा बढी तलब दिन नहुने सांसदहरुको मागलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले प्रतिस्पर्धी बजारमा तलबरभत्ता तोक्न नहुने बताए ।

‘तलबको स्केल तोक्दा प्रतिस्पर्धामा ह्रास आउँछ र कर्मचारीहरुमा कामै नगरी तलब मात्रै खाने प्रवृत्ति बढ्छ, त्यसैले प्रतिस्पर्धामा आधारित तलब दिएमात्रै त्यो दिगो हुन्छ,’ सोमबार व्यवस्थापिका सांसदको अर्थ समिति अन्तगर्ततको संसदीय उपसमितिमा बैंकिङ कसूर विधेयक २०७१ को धाराबाहक छलफलमा गभर्नर नेपालले भने ।

बैंकिङ कसूर ऐन(०६४ लाई विस्थापित गर्न बनेको बैंकिङ कसूल विधेयक ०७१)मा सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले बैंकका कर्मचारीलाई सरकारी कर्मचारीकोभन्दा बढी तलब दिन नहुने भन्ने संसोधन प्रस्ताब दर्ता गराएका थिए । गभर्नरले सोमबार उक्त प्रस्ताबको संस्थागत जवाफ दिएका हुन् ।

प्रकाशित : ३ फाल्गुन २०७२, सोमबार १२:२०