मुक्तिनाथ बैंकका तीन नयाँ खाता योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ बैंकका तीन नयाँ खाता योजना सार्वजनिक



काठमाडौं । मुक्तिनाथ विकास बैंकले मिति ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सार्वजनिक गरेको छ । बैंकले आजैबाट संचालनमा आउने गरी मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु सार्वजनिक गरेको हो ।

 

बैंकको उक्त योजना अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको न्युनतम मौन्दातमा ५ लाख रुपैयाँ सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख सम्मको दुर्घटना मृत्यू बीमा को सुविधा प्राप्त गर्नेछन् । साथै, २० हजार रुपैयाँ न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा ) प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

उक्त बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार लगायतका सुविधा दिँदै आएको छ ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार ११:०२