गुराँस लघुवित्तको दुई लाख ५० कित्ता आइपिओ आजदेखि, न्युनतम १० कित्ताका लागि आवेदन दिन मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गुराँस लघुवित्तको दुई लाख ५० कित्ता आइपिओ आजदेखि, न्युनतम १० कित्ताका लागि आवेदन दिन मिल्ने



काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि दुई लाख ५० हजार कित्ता प्राथमिक शेयर ‘आइपिओ’ निष्कासन गरेको छ। संस्थाले उक्त शेयरमध्ये ०.५ प्रतिशत अर्थात तीन हजार ८७५ कित्ता कर्मचारिहरुको लागि, ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी दुई लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो। सर्वसाधारणले प्रतिशेयर १०० रुपैयाँको दरमा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवदेन दिन सक्नेछन्।

संस्थाले पहिलो चरणमा वैशाख २० गतेसम्म र यदि पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा जेठ १४ गतेसम्म निष्कासन गर्न सक्ने बिक्री प्रवन्धक एनआइएल एस क्यापिटलले जनाएको छ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता हुनेले अनलाइन मार्फत आवेदन दिन सक्ने बताइएको छ।

प्राथमिक शेयर निष्कासनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ। २०७३ सालमा संचालन अनुमति प्राप्त संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार ११:२६