काबेली विकास बैंकले कमायो २ करोड १२ लाख ४ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

काबेली विकास बैंकले कमायो २ करोड १२ लाख ४ हजार



काठमाडाैँ । २८ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी भएको काबेली विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा २ करोड १२ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ करोड १६ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालू आवको चैतमसान्सम्ममा ८२ करोड १५ लाख रुपैयाँ निक्षेप सकलन गरी ८० करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

चालू आवको तेस्रो त्रैमाससम्ममा ९ करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी छ भने यसवापत गरेको खर्च ३ करोड ७८ लाख छ । व्याज आम्दानी र खर्च कटाएर भएको कुल व्याज आम्दानी भने ५ करोड ३८ लाख रहेको छ ।

खराब कर्जा अनुपात २ दशमलव ८९ प्रतिशत,यसको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ६९ दशमलव ५७ प्रतिशत, आधार व्याज दर १० दशमलव ८८ प्रतिशत रहेको छ । बार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा, प्रति शेयर नेटवर्थ १ सय १८ रुपैयाँ २८पैसा रहेको छ ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार ११:३३