सीतापाइला सहकारीद्धारा महिला हिंसा बिषयक गोष्ठी संचालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सीतापाइला सहकारीद्धारा महिला हिंसा बिषयक गोष्ठी संचालन



काठमाडौं । सीतापाइला सहकारीले महिला हिंसा बिषयक एकदिने गोष्ठी सम्पन्न गरेको छ । संस्थाले संचालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध महिला समूहविच अन्तर्गत कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमको उद्धाटन नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा मेयर बस्नेतले सीतापाईला सहकारीले लघुवित्त कार्यक्रम मार्फत हजारौ महिलाहरुको आर्थिक रुपान्तरणमा सहयोग पुगेको र नागार्जुनका धेरै वयक्तिहरुलाई स्वरोजगार बनाउन सफल भएको बताए । उनले नगरपालिकाले संस्था संग मिलेर महिला शिपविकास कार्यक्रममा सहकार्यगर्ने वताए ।

संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले संस्थाको गतिविधि र लघुवित्त कार्यक्रमको उपलव्धि वारे जानकारि दिए । उनले संस्थाले स्वास्थ्य क्षेत्रमा शुभेच्छा अस्पताल, एम्बुलेन्स सेवा, स्वास्थ शिविर तथा रक्तदान जस्ता कार्यहरु निरन्तर संचालन गर्दै आएको र छात्रबृति, सदस्यहरुलाई वित्तिय साक्षरता लगाएतका कार्य गर्दै आएको साथै संस्थाको एटिएम मोवाइल एप्स मार्फत गुणस्तरिय वित्तिय सेवा पुर्याएको बताए ।

कार्यक्रममा नेपाल प्रहरिका पूर्ब डिएसपी हिरा गिरीले महिला हिंसा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार ११:३९