नेप्सेमा सामान्य गिरावट,११८ कम्पनीको ४० करोडको सेयर किनबेच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा सामान्य गिरावट,११८ कम्पनीको ४० करोडको सेयर किनबेच



काठमाडौं । सोमबार नेप्से परिसूचक १ दशमलव १२ अंकले घटेर १ हजार २ सय ५८ दशमलव २३ अंकमा कारोबार बन्द भएको छ । खुलेपछि लगातार घटेर १२ सय ४४ बिन्दुसम्म पुगेपनि कारोबार दोश्रो भागमा केहि सम्हालिएको थियो ।

त्यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ० दशमलव १५ अंकले घटेर २ सय ७१ दशमलव ५६ को बिन्दुमा पुगेको छ । कारोबारको मध्ये तिर १८ अंक सम्म घटेको बजार केहि सम्हालिएर १ दशमलव १२ अंकको गिरावटमा सिमित भएको हो । बजार घटेर बन्द भएपनि अन्तिम समयमा निकै खरिद चाप बढेको थियो ।

nepse

आज १ सय १८ वटा कम्पनीको २ हजार २ सय २९ वटा कारोबारबाट ४० करोड ३३ लाख ३ हजार ८ सय २४ रुपैया बराबरको ९ लाख ७८ हजार ३ सय १ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् ।  नेप्से उपपरिसूचकहरुमा सबै भन्दा बढी गिरावट इन्स्योरेन्स समुहमा आएको छ । इन्स्योरेन्स समुह २० दशमलव ३९ अंकले, बिकाश बैंक समुह ४ दशमलव ९४ अंकले, अन्य समुह ३ दशमलव ५२ अंकले र जलविधुत समुह ० दशमलव १ अंकले घटेको छ भने होटेल समुह २० दशमलव ९४ अंकले, बित्त समुह १ दशमलव ३५ अंकले र बैंकिंग समुह ० दशमलव २५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको शेयरको सर्वाधिक ३ करोड ३५ लाख ४८ हजार २१ रुपैया बराबरको कारोबार भएको छ । अन्य कम्पनिमा नेपाल इन्भेस्टमेन्ट बैंकको प्रोमोटर शेयरको २ करोड ५० लाख ६१ हजार २ सय ५८ रुपैंया , एनएमबी बैंकको २ करोड ३ लाख ८८ हजार ४ सय २४ रुपैयाको र शिखर इन्स्योरेन्सको १ करोड ९७ लाख १७ हजार ३ सय १२ रुपैया बराबरको कारोबार भएको छ ।

सबै भन्दा बढी प्रोग्रेसिव फाइनान्स लिमिटेडको मुल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नमस्ते बित्तिय संस्था लिमिटेडको ९ दशमलव ९२ प्रतिशतले, सगरमाथा फाइनान्सको ५ दशमलव ७७ प्रतिशतले र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको ५ दशमलव ४७ प्रतिशतले मुल्यमा बढेको थियो । त्यसैगरी सबै भन्दा धेरै युनिक फाइनान्स लिमिटेडको मुल्यमा ७ दशमलव १७ प्रतिशतले घटेको छ  । अन्य घट्ने कम्पनीहरुमा भक्तपुर फाइनान्स लिमिटेडको ५ दशमलव ५२ प्रतिशतले, विजया लघुवित्त बित्तिय संस्थाको ४ दशमलव ७९ प्रतिशतले र कस्मोस डेभलपमेन्ट बैंक लिमिटेडको ४ दशमलव ०६ प्रतिशतले मुल्यमा गिरावट आएको छ. केहि दिन अघि देखि लगातार रुपमा बढेको नेप्सेले नेपाली पूँजी बजारको इतिहासमै आइतबार १ हजार २ सय ७१ को उच्च बिन्दुमा पहिलो पटक पुगेको हो ।  बजार बढ्नुका मुख्य कारण भनेकै आहिले बजारको उच्च तरलता हो. संगसंगै विभिन्न कम्पनीहरुको दोश्रो त्रैमासको विवरण प्रकासित हुने र आफ्ना लगानीकर्ताहरु दिइरहेको उच्च प्रतिफलका कारण पनि अन्य क्षेत्रबाट पनि नगद प्रवाह पनि शेयर बजार प्रबेश गरेको देखिन्छ । बजार तिव्र गतिमा बढ्नुमा मुख्य त आधारभूत कारणहरु नै बलियो देखिएको छ ।

गत आईतबार देखि बजारमा निक्कै सुस्ताएको र थोरै घटी रहेको पाइन्छ । तिव्र गतिले बढ्ने कुनै पनि बजारमा केहि अंकले गिरावट आएमा यसलाई करेक्सन बताईएको छ । विभिन्न शेयर बिस्लेशक तथा लगानीकर्ताहरुका अनुसार पनि घट्दै बढ्ने क्रम भएको बजार स्वभाविक मानिन्छ । संगसंगै सबै भन्दा उच्च बिन्दुमा नेप्से पुगेसंगै विभिन्न लगानीकर्ताहरुबाट प्रोफिट बूकिंग सुरु भएकोले एउटा स्वभाविक प्रक्रिया मानिएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७२, सोमबार १२:३४