एनएमबि बैंकमा पुनः गोल्याण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकमा पुनः गोल्याण



काठमाडौं । एनएमबि बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभाले संचालक समितिका वर्तमान अध्यक्ष पवनकुमार गोल्याणलाई पुनः संचालक समितिको अध्यक्ष चयन गरेको छ  ।

साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट अन्य संचालकहरुमा क्रमशः मनोज कुमार गोयल, रोमणीप्रसाद पाठक, कर्मचारीे संचयकोष र एपएमओ नेदरल्याण्ड्स र सर्वसाधारण शेयरधनीतर्फबाट कमलेश कुमार अग्रवाल, हरिश्चन्द्र सुवेदी, हरिबाबु न्यौपानेलाई निर्विरोध र्निवाचित गरेको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७१÷७२ को वितरण योग्य नाफाबाट शेयरधनीहरुलाई मर्जर पश्चातको चुक्तापूँजीको ८ प्रतिशत बोनश शेयर र ०.४२ प्रतिशत लाभांश (कर प्रयोजनार्थ नगद लाभांश) वितरण गर्ने पारित गरेको छ । बैंकले अन्य मर्ज भएका बैंक तथा वित्तीय संस्थाहरुको आ.व.२०७१÷७२ को मूनाफालाई संचित गरि राखिएको समेत जानकारी गराएको छ ।

पूँजीगत आधार सुदृढ गर्ने उद्धेश्यले बैंकले आर्थिक वर्ष २०७०/७१ मा ऐतिहासिक मर्जर सम्पन्न गरेको थियो भने मलेशियामा समेत सम्पर्क कार्यालय खोलेको थियो । पौष २०७२ को अन्त्यसम्ममा बैंकको कूल निक्षेप रु.५२.४८ अर्ब कूल कर्जा र कूल कर्जा रु ४४.०६ अर्व रहेको छ । हाल बैंकले ६९ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ४४ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७२, सोमबार १२:५२