स्वाभिमान माइक्रोफाइनान्सले १ लाख ९८ हजार ६१ कित्ता आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

स्वाभिमान माइक्रोफाइनान्सले १ लाख ९८ हजार ६१ कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडाै । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । स्वाभिमानले चुत्तापुँजीको ३२.११ प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार १५:०१