टिकेन सेयर बजारमा उत्साह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

टिकेन सेयर बजारमा उत्साह



काठमाडौं । लगातार दोहोरो अंकले बढेको नेप्से परिसुचकमा सोमबार गिरावट आएको छ । सोमबार सेयर बजार परिसुचक नेप्से चार दशमलव २१ अंकले घटेर एक हजार ३१० कायम भएको छ भने कारोबार घटेर एक अर्ब १९ करोड रुपियाँमा सीमित भएको छ । आइतबार डेढ अर्बभन्दा बढिको कारोबार भएकोमा आज एक अर्ब १९ करोड रुपियाँको मात्रै कारोबार भएको हो ।

 

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि छ । उक्त कम्पनीको सेयर १४ करोड ६९ लाख रुपियाँको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार गर्ने नेपाल बैंकको ११ करोड २९ लाख रुपियाँको कारोबार छ । आज पनि बाणिज्य बैंक समूहको सेयरमा गिरावट जारी रह्यो ।

यो समूहको उपसुचक शुन्य दशमलव ६६ अंकले घटेको छ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा अडपेर सोही जग्गा धितो राखी ३० अर्ब रुपियाँ ऋण लिएको पाइएसँगै लगानीकर्ताहरु बाणिज्य बैंकको सेयरमा लगानी गर्न हच्किएको अवस्था छ ।

बाणिज्य बैंक समूहपछि विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र लघुवित्त समूहको उपसुचकहरु पनि घटेका छन् भने व्यापार, होटल, जीवन बीमा, उत्पादनमूलक र अन्य समूहका उपसुचकहरु बढे बढेका छन् । सबैभन्दा बढि होटल समूहको उपसुचक दुई दशमलव २४ अंकले बढेको छ ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार १५:५१