नेपाल एग्रो लघुवित्तको आईपिओ तपाईलाई कति पर्यो ? नतिजा यसरी हेर्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल एग्रो लघुवित्तको आईपिओ तपाईलाई कति पर्यो ? नतिजा यसरी हेर्नुहोस्



काठमाडाै । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई बैंकिंगले मंगलबार बिहान शेयर बाडफांड गरेको हो ।

कम्पनीले बैशाख ८ गतेदेखि १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको हो। जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

आईपिओमा कुल ३ लाख १५ हजार ६ सय ३० आवेदकले आवेदन दिएका थिए । जस मध्ये ७ सय ५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ३ लाख १४ हजार ९ सय २५ आवेदक मध्येबाट १५ हजार १ सय २० आवेदकले गोलाप्रथाबाट समान १० कित्ता शेयर पाएका छन् । ३ लाख ५ सय १० आवेदक भने हात खाली भएका छन् ।
आईपिओ नतिजा हेर्नका लागि तलको लिङ्कमा गएर आफ्नो नाम अथवा १६ अंकको डिम्याट नम्बर राखेर सर्च गरि हेर्न सक्नुहुन्छ ।

 

नेपाल एग्रोको आईपिओ पर्यो कि परेन ? यहाँबाट हेर्नुहोस् नतिजा

636922193795444507

प्रकाशित : १७ बैशाख २०७६, मंगलवार ११:३५