ग्यास सहज हुन अझै समय लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्यास सहज हुन अझै समय लाग्ने



oil nigamकाठमाडौं । भारतको नाकाबन्दी खुलेको साता बितिसक्दा पनि बजारको मागअनुसार खाना पकाउने  आपूर्ति हुन सकेको छैन। इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाटै मागअनुसार ग्यास बुलेट लोडिङ भएका छैनन्।

नाकाबन्दीको बजार अभाव हटाउन सामान्य दिनभन्दा दोब्बर परिमाणमा ग्यास आयात आवश्यक भए पनि ५० प्रतिशत मुस्किलले लोडिङ भएका छन्। आपूर्ति परिमाण बढ्दै गएपनि नाकाबन्दीअघिको जति ग्यास आयात हुन सकेको छैन।

सामान्यतया महिनामा ३० हजार टन हाराहारीमा ग्यास आउँछ। नाकाबन्दी खुलेपछिको पहिलो दिन सोमबार ३० बुले अर्थात ५२५ टन, मंगलबार ४०, बुधवार ३७,बिहीबार २७ र शनिवार ३६ बुलेट ग्यास आपूर्ति भएको छ। शनिवार र आइतबार भारतमा बिदा हुने हुँदा अघिल्लो दिन लोड भएका बुलेटमात्रै नेपाल प्रवेश गर्छन्।

राजधानीका लागि सामान्यतया ७० देखि बुलेट ग्यास आवश्यक पर्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे बताउँछन्। कारोबार दैनिकमा समाचार छ, माग र आपूर्तिबीच ग्याप धेरै हुँदा ग्यास आयात भएपनि प्रभाव नदेखिएको उनी बताउँछन्।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०३:३४