सनराइज बैंक र आइएमई लाईफ इन्स्योरेन्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज बैंक र आइएमई लाईफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं । सनराइज बैंक र आइएमई लाईफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच कम्पनी र बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकले देश भरका १ सय ४ ओटा शाखामार्फत नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु बेच्ने भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रकाशित : १८ बैशाख २०७६, बुधबार १२:३५