नेशनल लाईफ ईन्स्योरेन्सको शाखा कोहलपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेशनल लाईफ ईन्स्योरेन्सको शाखा कोहलपुरमा



काठमाडाै । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखा संचालनमा आएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका छन् । सो अवसरमा कम्पनीको नयाँ बिमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी/आजीवन बिमालेखको पनि शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बिमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बिमाको पहुँच बढेर १८ प्रतिशत जनताले बिमा गरेको जानकारी गराए । उनले अब बिमा गाउँ केन्द्रित हुन आवश्यक रहेको पनि उल्लेख गरे ।

देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजिको एकिकृत गरी बिमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको अध्यक्ष चापागाईल स्पष्ट गरे । विगतमा बिमा भुक्तानीमा केहि समस्या आईरहेको भए पनि अब बिमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको अध्यक्षले स्पष्ट पारे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बिमा बजारलाई आधुनिकिकरण गर्न र बिमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको बताए । उनले श्री बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीमा २ अरब रुपैयाँ चुक्ता पूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्ता पूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बिमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बिमा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । कम्पनीको प्रदेश नं. ५ का प्रमुख राम चन्द्र तिवारीले कम्पनीको नयाँ बीमालेख अमृत श्री अग्रीम भुक्तानी/आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराएका थिए ।

प्रकाशित : १९ बैशाख २०७६, बिहीबार ०९:००