काँग्रेस महाधिवशेनमा भात खर्च कती ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काँग्रेस महाधिवशेनमा भात खर्च कती ?



काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न गर्न पाँच करोड खर्च अनुमान गरिएको छ ।
अर्थ संकलन समितिको सोमबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले खर्च विवरण प्रक्षेपण गर्दै गाउँदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाँच करोड लाग्ने अनुमान गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
तीन करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने तयारी गरेको समितिले बाँकी दुई करोड शुभेच्छुक, शुभचिन्तकका साथै उद्योग व्यावसायीबाट जुटाउने तयारी गरेको छ । महाधिवेशनमा सवैभन्दा धेरै खाना र आवासमा गरी साढे दुई करोड खर्च हुने गरेको कांग्रेसले प्रतिछाक ३५ सयलाई खाना खुवाउने तयारी गरेको छ ।
प्रतिव्यक्ति प्रतिछाक पाँच सयका दरले खाना खुवाउने कांग्रेसले सार्वजनिक सूचनामार्फत टेन्डर आहृवान गरेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०३:३६