सामुदायिक लघुवित्तले कमायो १ करोड ७९ लाख नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सामुदायिक लघुवित्तले कमायो १ करोड ७९ लाख नाफा



काठमाडाै । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ६१ प्रतिशतले बढी हो । गत वर्ष संस्थाले १ करोड ३७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आथिृक वर्षको ९ महिनामा लघुवित्तले खुद ब्याज आम्दानी १५ दशमलव १९ प्रतिशतले बृद्धि गरी ५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ४ करोड ६५ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको चैतसम्ममा लघुवित्तले ३३ करोड ८ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८९ करोड ७५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खराब कर्जा ० दशमलव ३८ प्रतिशतले घटेर १ दशमलव ४० प्रतिशत पुगेको छ । गत वर्ष संस्थाको खराब कर्जा १ दशमलव ७८ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ९६ पैसा रहेको छ

प्रकाशित : २० बैशाख २०७६, शुक्रबार १५:०९