मोवाईल पानीमा भिज्यो यसो गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मोवाईल पानीमा भिज्यो यसो गर्नुस्



होली खेल्दा वा वर्षामा भिज्दा मोबाइलमा पानी पर्न सक्छ । कतिपयलाई वर्षामा भिज्न पनि मन पर्छ । तर यसरी चाहेर वा नचाहेर भिज्दा हामीसँग भएको फोन भने भिजेर विग्रिने सम्भावना बढी हुन्छ । यहाँ पानीमा फोन भिज्दा फोन बचाउन सकिने उपायको विषयमा चर्चा गरिएको छ ।
शुरुमै फोन अफ गर्नुस्
यदि तपाइँको फोन पानीमा भिज्यो वा फोनमा पानी पस्यो भने सट सर्किटको खतरा हुन्छ । त्यसकारण फोन तत्काल अफ गर्नुस् । फोन अफ गरेपछि फोनमा रहेको सिम ब्याट्रि वा मेमरी कार्ड लगायतका एक्सेसरिज बाहिर झिक्नुस् । यसो गर्दा सट सर्किट हुने र उपकरणहरु विग्रने सम्भावना कम हुन्छ । यदि फोनमा नोकिया लुमिया वा आइफोनमा जस्तै हटाउन नसकिने ब्याट्रि छ भने सिधा पावर बटन थिचेर अफ गर्नुस् ।
फोनका एक्ससरिज झिकिसकेपछि फोनलाई घाम वा कुनै तातो स्थानमा सुकाउनु बुद्धिमानी हुन्छ । यसका लागि पेपर न्याप्किन सबैभन्दा उपयुक्त चिज हो । न्यापकिन नभए पातलो सुख्खा कपडामाथि राखेर पनि फोन सुकाउन सकिन्छ ।मोबाइलको भित्री भाग सुख्खा नभए सम्म फोनमा पुनः एक्सेसरिज राख्ने र अन गर्नु हुँदैन । यसरी सुकाउँदा चामलमा राखेर सुकायो भने छिटो सुक्छ । किन भने चामलले चिसोपन छिटो सोक्ने क्षमता हुन्छ ।
भिजेको फोनमा के गर्नु हुँदैन
भिजेको फोन कहिल्यै पनि ड्रायरमा सुकाउनु हुँदैन । ड्रायरले तातो हावा फ्याक्छ त्यसले फोनको सर्किटमा घाटा हुन्छ । फोन पुरै नसुके सम्म हेडफोन वा युएसवी पोर्ट जस्ता उपकरण पनि प्रयोग नगर्नुस् ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०४:३१