सिभिल लघुबित्तद्धारा च्याउ खेती तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिल लघुबित्तद्धारा च्याउ खेती तालिम सम्पन्न



काठमाडाै । सिभिल लघुबित्त वित्तीय संस्थाले गुल्मी जिल्लकोा उपल्लो तम्घासमा च्याउ खेती सम्बन्धि २ दिने तालिम दिएको छ । संस्थाले गुल्मी जिल्ला र अर्घाखाँची गरी १८ जना महिलाहरुलाई तालिम दिइएको हो ।तालिम प्रशिक्षमा सुरेश अधिकारी र नारायण प्रसाद लम्साल लरहेका थिए ।

गाउँमै बसेर चुलो चौक्को मात्र नभइ महिला पनि आफ्नो जीवन यापन गर्नको लागि च्याउ खेती सम्बन्धि सिपले सजिलो होस भन्ने हेतुका साथ तालिमको आयोजना गरिएको लघुबित्त बित्तिय सस्था सिमिचौर शाखाका प्रमुख बिनोद पुडासैनीले बताए।

तालिममा सहभागी महिलाले पनि स्वदेशमै केही गर्न सकुन भनी बित्तिय सस्थाले बिना धितो सामुहिक जवानी बसि आवश्यक कर्जा चलाइ उक्त ब्याबसायीलाई रकम ब्यवस्था गर्ने गुल्मी शाखाका प्रमुख पुडासैनीले जानाकारी दिए।

तालिममा सहभागीहरुले तालिममा च्याउ खेती कसरि उत्पादन गर्ने ,को कस्लाई खाना मिल्छ ,च्याउ खेतिका फाइदा र बेफाइदा के आर्थिक अबस्था कमजोर भएका ले पनि घरमै बसेर कसरी बनाउने लगात का विषयको बारेमा जानकारी हासिल गरेका थिए ।

हालसम्म लघुवित्तले ४१ शाखा कार्यलयहरु मार्फत विपन्न तथा गरिब परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २१ बैशाख २०७६, शनिबार १९:००