मुक्तिनाथ विकास बैंकले कमायो ६० करोड २० लाख नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले कमायो ६० करोड २० लाख नाफा



काठमाडाै । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ६० करोड २० लाख ७५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको खुदा नाफा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको ९ महिनामा यो बैंकले १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी ८८ करोड २८ लाख २८ हजार रुपैयाँ थियो ।

बैंकले ९ महिनामा ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष बैंकले २४ अर्ब ५४ करोड ५७ ६२ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले ९ महिनामा ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यस्तो लगानी २१ अर्ब ९९ करोड ३१ लाख २५ हजार रुपैयाँ मात्र थियो ।

बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ १९ पैसा, मूल्य आम्दानी अनुपात १३ दशालव ६७, तरलता अनुपात २२ दशालव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित : २२ बैशाख २०७६, आईतवार १३:३४