४ बाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ बाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि



money2-390x293काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा एनएमबी बैंकले खुद मुनाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले ४३ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको सोहि अवाधिसंगको तुलनामा करिब १५ करोड ७७ लाख रुपैयाँले बढी हो। गत बर्ष यस अवधिमा बैंकले २८ करोड ९ लाख खुद मुनाफा गरेको थियो। त्यस्तै बैंकले खुद ब्याज आम्दानिमा पनि वृद्धि गरेको छ। बैंकले यस अवधिसम्म खुद ब्याज आम्दानि ८० करोड ६० लाख रुपैयाँ पुर्र्याएको छ। जुन गत बर्षको यस अवाधिसंगको तुलनामा करिब २८ करोड ३७ लाख रुपैयाँले बढी हो। त्यस्तै बैंकले गत बर्षको तुलनामा संचालन नाफा ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ। बैंकले पहिलो ६ महिनामा ५० अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ। जुन गत बर्षको यस अवाधिसंगको तुलनामा २१ अर्ब ३८ करोड रुपैयाँले बढी हो। यस अवधिमा बैंकले गत बर्ष २८ अर्ब ९८ करोड संकलन गरेको थियो। त्यस्तै बैंकले गत बर्षको अवधीमा रहेको २३ अर्ब ३१ करोड कर्जालाई बढाएर यस अवधिमा ४३ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, माछापुछ्रे बैंकले पहिलो ६ महिनामा ४० करोड १३ लाख खुद मुनाफा गरेको छ। जुन गत बर्षको सोहि अवाधिसंगको तुलनामा ५ करोड ७३ लाख रुपैयाँले बढी हो। गत बर्ष यस अवधिमा बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। त्यस्तै बैंकले ८२ करोड ११ लाख खुद ब्याज आम्दानि गरेको छ। जुन गत बर्षको सोहि अवाधिसंगको तुलनामा १५ करोड १८ लाख रुपैयाँले बढी हो। गत बर्ष यस अवधिमा बैंकले ६६ करोड ९३ लाख खुद ब्याज आम्दानि गरेको थियो। त्यस्तै बैंकले यस अवधिमा ६० करोड ३२ लाख संचालन मुनाफा गरेको छ। जुन गत बर्षको यस अवाधिसंगको तुलनामा २० करोड ७५ लाख रुपैयाँले बढी हो। बैंकले पहिलो ६ महिनामा ४४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन गत बर्षको तुलनामा ४ अर्ब ९३ करोड रुपैयाँले बढी हो। गत बर्ष यस अवधिमा बैंकले ३९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यस्तै यस अवधिमा ३७ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ। जुन गत बर्षको तुलनामा ३ अर्ब ७४ करोड रुपैयाँले बढी हो। त्यस्तै लक्ष्मी बैंकले पहिलो ६ महिनामा खुद मुनाफामा उल्ल्खेय वृद्धि गरेको छ। बैंकले पहिलो ६ महिनामा ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको सोहि अवधिसंगको तुलनामा १४ करोड २४ लाख रुपैयाँले बढी हो। गत बर्ष यस अवधिमा बैंकले १८ करोड ३४ लाख खुद मुनाफा गरेको थियो। त्यति बैंकले ६४ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानि गरेको छ। जुन गत बर्षको सोहि अवधि संगको तुलनामा १८ करोड २२ लाख रुपैयाँले बढी हो। गत वर्ष बैंकले यस अवधिमा ४६ करोड ३ लाख खुद ब्याज आम्दानि गरेको थियो। बैंकको चुक्ता पुंजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ। पहिलो ६ महिनामा बैंकले ४१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन गत बर्षको यस अवाधिसंगको तुलनामा ६ अर्ब ९५ करोड रुपैयाँले बढी हो। गत बर्ष यस अवधिमा बैंकले ३४ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। यो अवधिमा बैंकले ३३ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन गत बर्षको यस अवाधिसंगको तुलनामा ४ अर्ब ५८ करोड रुपैयाँले बढी हो। त्यस्तै बैंकले खराब कर्जा अनुपात ०।०६ प्रतिशतले घटाएर १।१० प्रतिशतमा पुर्याएको छ। त्यस्तै कुमारी बैंकले पहिलो ६ महिनामा २१ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको तुलनामा २ करोड ८५ लाख रुपैयाँले बढी हो। गत वर्षको यस अवाधिमा बैंकले १८ करोड १६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। त्यस्तै बैंकले ४६ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानि गरेको भने सञ्चालन मुनाफा २९ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ। त्यस्तै बैंकले ३४ अर्ब ५३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने यस अवधिमा २७ अर्ब ५० करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले यस अवधिमा ३ करोड रुपैयाँ डुबेको ऋण उठाएको छ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०४:४२