नेप्सेमा १ करोड कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा १ करोड कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतबार १ करोड कित्ता बढी शेयर सूचिकृत भएको छ । नेप्सेमा आज ४ कम्पनीको गरी कुल १ करोड १५ लाख ९७ हजार ६० दशमलव २२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज सोल्टी होटेलको ६६ लाख ६१ हजार १ सय ६३ कित्ता. मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २ सय ८ दशमलव २२ कित्ता, साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४ सय २४ कित्ता र हिमालयन बैंकको ४० लाख ५७ हजार २ सय ६५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । आज नै स्पर्श लघुवित्तको ८ लाख २९ हजार ६ सय ३० कित्ता शेयर सुचिकृत भएको छ ।

प्रकाशित : २२ बैशाख २०७६, आईतवार १६:३५