ओयो होटल्स र होम्सको सेवा १० वटा शहरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ओयो होटल्स र होम्सको सेवा १० वटा शहरमा



काठमाडौं । ओयो होटल्स र होम्सले आफ्नो सञ्जाललाई १० वटा शहरमा पुर्याएको छ । यस अघि ओयोको सेवा काठमाँडौं, पोखरा र भक्तपुरमा थियो । कम्पनीले मे २०१७ मा काठमाडौंबाट सञ्चालनको सुरुवात गरेको थियो । अब ओयोको सेवा पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा बिस्तार भएको छ ।

ओयोको सञ्जालमा २०० भन्दा बढी होटल तथा त्यसका ३४०० भन्दा बढी कोठाहरु रहेका छन् । कम्पनीले लगातार नेपालमा आफ्नो सञ्जाल बढाउँदै छ ।

ओयो होटल्स र होम्स ( इन्डिया र दक्षिण एसिया) का प्रमुख कर्यकारी अधिकृत आदित्य घोषले भने, ‘हामीले नेपालमा सञ्चालन शुरु गरे पछि नेपालको अतिथ्य उद्योग तथा त्यसका अवसरहरु बाट धेरै सिकेका छौं । हामी हाम्रा ग्राहक र होटल मालिकहरुको प्रतिक्रियाबाट प्रभावित छौं र त्यसले हाम्रो ३ वटा बाट १० वोटा शहरमा छिटो विस्तार गर्न मुख्य भुमिका खेलेको छ ।’

औसतमा ओयोको सञ्जाल सँग आवद्व हुने प्रोर्पटीहरुले ६५ प्रतिशत अक्युपेन्सी पाइरहेका छन् । नेपालमा सञ्चालन सुरुवात गरे देखि ओयोले २०० भन्दा बढी होटलहरु लाई रुपान्तरण गरेको छ । उनले भने, ‘हामी संसार भरको यात्रीहरुको लागि सबैभन्दा राम्रो ओयो अनुभवलाई नेपालमा ल्याउन र नेपालको भिजन २०२० प्रति प्रतिवद्व छौं ।’

प्रकाशित : २२ बैशाख २०७६, आईतवार २१:०६