जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फरबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फरबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता



काठमाडौं । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बीएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरे ।
भाटभटेनी मनि ट्रान्स्फर प्रालि भाटभटेनी समूहद्वारा संचालित कम्पनी हो । सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

प्रकाशित : २२ बैशाख २०७६, आईतवार २१:१०