७० प्रतिशतले घट्यो राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७० प्रतिशतले घट्यो राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा



rbbकाठमाडौं । आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा ८ अर्ब चुक्ता पुँजी भएको राष्ट्रिय वाणिज्य बैंकले खुद मुनाफा १ अर्ब ७ करोड १९ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलना भन्दा ७० दशमलव २५ प्रतिशले घटेको हो । गत वर्ष सोहि अवधिमा ३ अर्ब ६० करोड ७ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

बैंकले निक्षेपमा १ खर्ब २८ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ जुन गत वर्षको सोहि अवधि भन्दा २५ दशमलव ४९ प्रतिशतले वृद्धि हो । गत वर्षको सोहि अवधिमा १ खर्ब २ अर्ब ५४ करोड २० लाख रुपैयाँ निक्षेप पुर्याएको थियो । कर्जा प्रवाहमा गत वर्षको सोहि अवधिको तुलना भन्दा १८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ७७ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ भने गत वर्ष सोहि अवधिमा ६५ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ पुर्याएको थियो । खुद व्याज आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा २४ दशमलव ४९ प्रतिशतले वृद्धि गरी २ अर्ब ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफा ४४ दशलमव ८६ प्रतिशत वृद्धि गरी ८८ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकले संभावित जोखिम वापत ४५ करोड ५९ लाख रुपैयाँ राखिएको छ भने संभावित जोखिम वापत फिर्ता ३५ करोड ४९ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्क्रिय कर्जा ३ दशमलव ४० प्रतिशत रहेको छ भने पूँजीकोषमा(जोखिम भारित सम्पत्ति) १० दशमलव ५६ प्रतिशत रहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०८:५१