गुराँस लघुवित्तको आइपीओ बाँडफाँड कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गुराँस लघुवित्तको आइपीओ बाँडफाँड कहिले ?



काठमाडौं । गुराँस लघुवित्तको प्राथमिक सेयर (आइपीओ) बिहीबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटका अनुसार लघुवित्तको आइपीओ बिहीबार (बैशाख २६ गते) बाँडफाँड हुने भएको हो । लघुवित्तले बैशाख १६ गते देखि वैशाख २० गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६२५ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा दुई लाख ४२ हजार ६०० आवेदकले ४५ लाख ४८ हजार कित्ता सेयरका लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेभन्दा २० गुणा बढी आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

गुराँसले कुल निष्काशित २ लाख ५० हजार कित्ता सेयरमध्ये ३ हजार ८७५ कित्ता कर्मचारी र १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएर बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो । धनकुटमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी सर्वसाधारणबाट आइपीओ बिक्रीपश्चात पुग्नेछ ।

प्रकाशित : २५ बैशाख २०७६, बुधबार १३:१२