नेप्से ३ दशमलव ६८ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेप्से ३ दशमलव ६८ अंकले घट्यो



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ६८ अंकले घटेर १ हजार २ सय ९७ दशमलव ६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार १ सय ७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भई ५० करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव १७ अंकले घटेर २ सय ७८ दशलमव ०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन कारोबार भएकोमा सबैभन्दा बढी सिभिल बैंकको रहेको छ । जसको कारोबार ५ करोड ५३ लाख २० हजार रुपैयाँको भएको छ । जसको बजार मुल्य १५२ रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ बैशाख २०७६, बुधबार १५:२३