नेचुरल सहकारीले सुरु गर्यो एटिएम सेवा, भारत र भुटानमा समेत चल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेचुरल सहकारीले सुरु गर्यो एटिएम सेवा, भारत र भुटानमा समेत चल्ने



काठमाडौ । काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ । संस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा (बैशाख २४ गते) एटिएम सेवा सुरु गरिएको हो ।

नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटिएम सेवा संचालनमा ल्याएको संस्थाका कार्यकारी संचालक विकल्प पाठकले बताए । प्रविधिको प्रयोगबाट गरिएका कारोबारहरु पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले संस्थाले प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको उनको भनाई छ ।
एससिटी नेटर्वकसंग सहकार्य गरी एटिएम सेवा सुरु गरिएको पाठकले बताए । अब सहकारीका सदस्यले एससिटी नेटर्वकको एटिएम बुथमा गएर चाहेको समयमा तुरन्तै पैसा निकाल्न सकिन्छ । यति मात्र नभई किनमेल गर्दा पनि कार्डको प्रयोग गर्न सकिने पाठकको भनाई छ । नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा यस अघि नै ‘नेचुरल स्मार्ट बैकिङ’ को सुरु भैसकेको छ ।

संस्थाको उक्त कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउण्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको जानकारी दिए । नेपालका अतिरिक्त भारत र भुटानमा समेत चलाउन सकिने यो कार्ड सामान खरिद गर्दा ‘पोउस’ को रुपमा पनि प्रयोग गर्न सकिने संस्थाले जनाएको छ । उक्त एटिएम कार्डको एटिएमको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले एटिएम सेवाले सदस्यलाई सहजता ल्याउने बताए

प्रकाशित : २५ बैशाख २०७६, बुधबार १९:२९