८ सयले घट्यो सुन, चाँदी पनि सस्तियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ सयले घट्यो सुन, चाँदी पनि सस्तियो



Gold-gahanaकाठमाडौं । केही दिन पहिले दुई वर्ष यताकै उच्च मूल्यमा पुगेको सुनको  भाउ आजपनि घटेको छ । आज सुनको भाउ एकैदिन  तोलामा ८ सय रुपैंयाले घटेर ५४ हजार ६ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमवार तोलामा सय रुपैयाँले मात्रै घटेर प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ सस्तिएको छ । हिजो प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैंया घटेर ७३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०८:५६