वैशाख २९ गते सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैशाख २९ गते सार्वजनिक बिदा



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले आज एक सूचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनि विदा दिने निर्णय गरेको हो।

२०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार) अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : २५ बैशाख २०७६, बुधबार २०:०३