एनआईसी एशिया बैंक र ब्लुक्रस हस्पिटल बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंक र ब्लुक्रस हस्पिटल बीच सम्झौता



काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल बीच स्वास्थ्य सेवामा छुटसम्वन्धि सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटलका बोर्र्ड सेक्रेटरी रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित : २६ बैशाख २०७६, बिहीबार ११:५३