यातायात व्यवसायी महासंघका अध्यक्ष भण्डारीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यातायात व्यवसायी महासंघका अध्यक्ष भण्डारीको निधन



काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएको छ ।

लामो समयदेखि मुटुको समस्याबाट पीडित भण्डारीको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका भण्डारी ३५ वर्षदेखि यातायात व्यवसायमा संलग्न थिए ।

२०११ सालमा बैतडीमा जन्मिएका उनले महाकाली यातायात व्यवसायी संघमा १६ वर्षसम्म विभिन्न पदमा रहेर काम गरेका थिए । उनकाे अाजै पशुपति अार्यङाटमा अन्तिम संस्कार गरिँदैछ ।

काठमाडौं नयाँबानेश्वर बस्दै आएका भण्डारीको १ छोरा, ३ छोरी र श्रीमति छन् ।  महासंघका महासचिव सरोज सिटौलाले भण्डारीको निधनले यातायात क्षेत्रएको एउटा दरिलो खम्बा ढलेको बताए ।

सिटौलाले अहिले सिंगो यातायात क्षेत्र नै स्तब्ध भएको भन्दै भण्डारीका सपना र योजना पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०७:०५