सिद्धार्थ बैंकको नयाँ ३ शाखाहरु संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको नयाँ ३ शाखाहरु संचालनमा



काठमाडौं । सिद्धार्थ बैंकले ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्की स्थित तीन शाखाहरुको औपचारिक रुपमा संचालन गरेको छ ।

बैंकको इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उप मेयर श्रीमती ज्ञान माया डङ्गोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाइबाट भएको थियो ।

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार ०८:०५