उपहार देखाएर निक्षेप तान्न बैंकलाई रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

उपहार देखाएर निक्षेप तान्न बैंकलाई रोक



काठमाडाै । बैंक तथा वित्तीय संस्थाले ग्राहक आकर्षित गर्न अपनाएको उपहारको बाटोलाई नेपाल राष्ट्र बैंकले रोक लगाईदिएको छ । राष्ट्र बैंकले बिहीबार उपहार दिन प्रतिबन्ध लगाएको हो।

पछिल्लो समय बैंकहरुले उपहारका कार्यक्रमहरु देखाएर निक्षेप संकलन गर्दै अाएका थिए । यो ब्यवस्था संगै उनीहरुले कुनै पनि प्रकारको उपहार दिन नपाउने भएका छन्। बैंकले कार, सुनचाँदीको सिक्का जस्ता उपहार दिने घोषणा गर्दा विकृति देखिएको भन्दै राष्ट्र बैंकले रोक लगाएको हो ।

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार ०८:१०