सिभिल बैंकको साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको साधारणसभा आज



काठमाडाै । सिभिल बैंक आज बैशाख २७ गते शुक्रबार एक साथ २ वटा आर्थिक बर्षको साधारणसभा गर्दै छ । बैंकले आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा गर्न लागेको हो । अमृतभोग डिल्लीबजारमा बिहान ११ बजे बैंकले सातौ र आठौ साधारण सभा आह्वान गरेको हो।

बैंकले साधारणसभा प्रयोजनको लागि बैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बैशाख ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन । साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस शेयर र तथा ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । मर्जर र एक्विजिसनको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ । त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने छ ।

हाल बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड ९३ लाख रहेकोमा प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ ।

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार १०:२०