सगरमाथा इन्सुरेन्सले ८६ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सगरमाथा इन्सुरेन्सले ८६ प्रतिशत बोनस सेयर दिने



काठमाडाै । सगरमाथा इन्सुरेन्सले ८६ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँमा प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित बोनस सेयर बिमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण हुनेछ । बोनस वितरणपछि सगरमाथाको चुक्ता पुँजी १ अर्ब १२ लाख २२ हजार ९३४ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार ११:१४