नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सुनसरीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सुनसरीमा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगञ्ज गाँउपालिकामा आफनो शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन देवानगञ्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरिन् । समारोहमा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो ।देवानगञ्ज गाँउपालिका वडा नं. २ देवानगञ्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : ३० बैशाख २०७६, सोमबार १६:१६