गरिमा विकास बैंकको शाखा बीरगञ्जमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

गरिमा विकास बैंकको शाखा बीरगञ्जमा



काठमाडौं । गरिमा विकास बैंकले बुधबार बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका छन । बैंकले विस्तार गरेको उक्त शाखाको बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरेका हुन । बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट सबै बैंकिङ सेवा प्राप्त गर्न सकिने बताएका छन । बैंकले उपत्यकाभित्र ८ शाखा सहित देशभर ७६ शाखा र ३१ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले केही समयमानै थप १५ शाखा विस्तार गर्ने जानकारी दिएको छ । बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । उक्त अवधिसम्ममा बैंकले ६६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : १ जेष्ठ २०७६, बुधबार १५:५२