एनबी बैंकको २० लाख कित्ता ऋणपत्र जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनबी बैंकको २० लाख कित्ता ऋणपत्र जारी



काठमाडौं । नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र जारी गरेको छ । यो बैंकले न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको निम्ति आवदेन माग गरेको हो ।

यो बैंककले प्रति कित्ता एक हजार रुपैयाँका दरले १० वर्षे अवधिका लागि १०.२५ प्रतिशत व्याजदरमा ऋणपपत्र जारी गरेको हो । यसले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता मध्ये ८ लाख डिवेन्चरले हुन आउने कुल ८० करोड रुपेयाँ पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी सर्वसाधारणबाट आवदेन माग गरेको छ ।

यो बैंकले यही जेठ १० गतेदेखि ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । यसको निष्कासन मिति छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेसम्म हुने पनि यसको निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।

प्रकाशित : २ जेष्ठ २०७६, बिहीबार १०:५३