महसुल नतिर्नेको सहकारीले लाइन काट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महसुल नतिर्नेको सहकारीले लाइन काट्ने



कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको छ ।   पाँच महिनाभन्दा बढी समयदेखि विद्युत्को महसुल नबुझाउने  उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो ।   पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले बताए ।   “अन्य महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गर्दैछौँ”– उनले भने । पुनः लाइन जडानका लागि बक्यौतासहित उपभोक्ताले महसुलसँगै ५०० जरिवाना बुझाउनुपर्ने नियम बनाएको छ । बक्यौताबापत सहकारीले कुल महसुलको २५ प्रतिशत रकम लिँदै आएको छ ।   सहकारीमार्फत विद्युत् उपभोग गर्दै आएका तीन सय १२ उपभोक्ता छन् । सहकारीले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्तालाई आपूर्ति गर्दै आएको छ ।   कञ्चनपुरमा विद्युत् आपूर्ति गर्ने सहकारीको सङ्ख्या २२ रहेको छ । सहकारीका लागि विद्युत् आपूर्ति गर्नका लागि डेनमार्क सरकारको सहयोग नियोग डानिडाले पूर्वाधार निर्माण गरेको हो ।

प्रकाशित : ६ फाल्गुन २०७२, बिहीबार १०:१४