इन्फिनिटी लघुवित्तको आइपिओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

इन्फिनिटी लघुवित्तको आइपिओ आउदै



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ७४ हजार कित्ता साधारण शेयर(आइपिओ) निष्कासन गर्ने भएको छ । सस्थाले जेठ १३ गते देखि आइपीओ विक्री खुल्ला हुने जनाएको छ ।

कम्पनीले ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ छ । साधारण शेयर निष्कासन पश्चात पुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सम्ममा ४२ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ ।

आइपिओ निष्कासन बन्द मिति छिटोमा १६ र ढिलोमा असार १० गते तोकेको छ । कम्पनीले जारी गर्न लागेको आइपिओलाई रेटिङ ग्रेड ४ पाएको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँने कम्पनीले जनाएको छ ।आइपीओको लागि निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड छ । धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १२:०१