एनएमबि बैंकको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबि बैंकको शेयर कारोबार रोक्का



काठमाडाै । नेपाल स्टक एक्चेन्ज नेप्सेमा एनएमबि बैंकको शेयर कारोबार रोक्का भएको छ । बैंकले ओम डेभलपमेन्ट बैंक सँग मर्जरको सम्झौता गरेपछि बैंकको शेयर कारोबार रोक्का भएको हो ।

बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा एनएमबिका तर्फबाट संचालक प्रदिप पाण्डे र ओमको तर्फबाट योगेन्द्र लाल प्रधानले हस्ताक्षर गरेका हुन् । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको बैंकले जनाएको छ ।

मर्जर प्रक्रिया समाप्त नहुँदासम्म बैंकको कारोबार रोक्का गरिएको हो । ओमको कारोबार भने यस अघि देखि रोक्का छ । प्राइम कमर्शियल बैंकले ओमलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । सोहि समयदेखि ओमको कारोबार रोक्का छ । तर त्यो मर्जर भने अन्तिम समयमा भाडिएको थियो ।

हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १२:४१