गण्डकी विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गण्डकी विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न



काठमाडाै । गण्डकी विकास बैंकको चितवनस्थित भरतपूर शाखाले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालयको परिसर हाकिमचोकमा सम्पन्न कार्यक्रममा गण्डकी विकास बैक लि.चितवन क्लस्टर अन्तर्गतका १० शाखा कार्यालयहरु क्रमश नारायणगढ शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, भरतपुर शाखा, टाँडी शाखा, चनौली शाखा , पर्सा शाखा, भोजाड शाखा तथा मुग्लिङ शाखाका कर्मचारी एवं भरतपुर नगरवासीहरुको सक्रिय सहभागिता रहेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बैंकको प्रतिवद्धता छ ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७६, आईतवार १०:५७