स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड



काठमाडौं  / स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । यो आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १८ हजार ५ सय ५८ जनाले सेयर हात पारेका छन् । उनीहरुले १० कित्ताका दरले सेयर पाएका हुन् । यता, ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

२० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिएका ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ३ लाख २७ हजार ४ सय ८६ जनाले आवेदन दिएकामा २३० जनाको आवेदन रद्द भएको छ । स्वाभिमानले वैशाख २७ देखि वैशाख ३१ गतेसम्म आइपीओ खुला गरेको थियो ।

स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रकाशित : ५ जेष्ठ २०७६, आईतवार ११:००