सुनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य घट्यो



काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ६१ हजार २०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज २ सय रुपियाँले घटेर ६० हजार रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ४४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार १८५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य सात सय १० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ९ रुपियाँ कायम गरेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७६, आईतवार ११:१३