जनसेवी लघुवित्तको आइपीओ आज , ८६.८१ प्रतिशत लगानीकर्ताको हात खाली हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जनसेवी लघुवित्तको आइपीओ आज , ८६.८१ प्रतिशत लगानीकर्ताको हात खाली हुने



 

काठमाडाै । जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार (आज) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरी, काठमाडौंमा सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने तय भएको छ ।

जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

यस आइपीओमा ३ लाख २८ हजार १९८ जनाले ५९ करोड ९६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा १३.१९% आवेदकले मात्र सेयर पाउने भएका छन् । बाँकी ८६.८१ प्रतिशत लगनीकर्ताको हात खाली हुने देखिन्छ ।

प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार ०७:३१