प्रभु बैंकले वेअल्थ म्यानेजमेन्ट सेवा संचालनमा ल्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकले वेअल्थ म्यानेजमेन्ट सेवा संचालनमा ल्यायो



काठमाडौं । प्रभु बैंक लिमिटेडले वेअल्थ म्यानेजमेन्ट सेवा संचालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले उक्त सेवा संचालनमा ल्याएको हो ।

नेपालको बैंकिङ क्षेत्रमानै पहिलोपटक वेअल्थ म्यानेजमेन्ट सेवा संचालनमा ल्याएको हो । यो सेवा लिने ग्राहकहरुले बैंकले तोकेको निश्चित रकम बैंकको कुनै पनि शाखामा निक्षेप संकलन गर्न सक्ने बैंकले जनाएको छ । उक्त निक्षेप रकम लगानीका उपयुक्त क्षेत्र तथा परियोजनाहरु जस्तैः पूँजीबजार, बीमायोजना, सामुहिक लगानी कोष, अवकास कोष लगायतका आर्थिक समुन्नतिमा टेवा दिन सहयोग गर्ने योजनामा लगानी गर्नका लागी सम्बन्धित क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशेषज्ञहरुबाट विशेष परामर्श सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

वेअल्थ म्यानेजमेन्ट नामक सेवा अन्तर्गत वेअल्थ कार्ड लिएका ग्राहकहरुका लागि बैंकबाट उपलब्ध हुने बैंकिङ सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ । जस अन्तर्गत वेअल्थ कार्ड ग्राहकले निशुल्क रुपमा क्रेटिड तथा डेविट कार्ड उपभोग गर्न पाउनेछन । त्यस्तै बैंकबाट प्रवाह हुने कर्जाको सेवा÷प्रशासनिक शुल्क, विद्युतीय बैंकिङ्गको सेवा शुल्क, मोबाईल बैंकिङ सेवा शुल्क र लकर सेवा शुल्कमा विशेष छुट पाउने बैंकले जनाएको छ ।

त्यस्तै यो सुविधा लिएका ग्राहकहरुलाई थप सुविधा दिनका लागि बैंकले देशका विभिन्न बैंक र ख्यातिप्राप्त तथा प्रतिष्ठित कम्पनी तथा सेवा प्रदायक संस्थारुसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको त्यस्ता कम्पनी तथा सेवा प्रदायक संस्थाहरुबाट उपलब्ध हुने सेवाहरुमा विशेष प्राथमिकता तथा सेवा शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् । पहिलो चरणमा बैंकले बुद्ध एयर, एयर एसिया, बाजेको सेकुवा, ग्राण्ड होटेल, भोजन गृह, होटेल सांग्रिला एण्ड रिसोर्ट, होटेल ग्राण्ड, बलेनो स्टोर, द नर्थ फेश, रेमण्ड सप, ग्राण्डी ईण्टरनेशनल हस्पिटल, नर्भिक ईण्टरनेशनल हस्पिटल र कान्तिपुर मिडिया ग्रुप लगायका कम्पनी तथा सेवा प्रदायक संस्थाहरुले प्रदान गर्ने सेवामा विशेष प्रथमिकता तथा अकर्षक छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । १० बर्षको इतिहासमा प्रभु फाइनान्सबाट नेपालकै एक उत्कृष्ट बाणिज्य बैंक बन्न सफल भएको बैंकले नेपालको बन्किंग क्षेत्रमा एकपछि अर्को सफलता हासिल गर्दै अगाडी बढेको छ ।

ग्राण्ड र प्रभु बैंकको मर्ज पछि बनेको प्रभु बैंकको चुक्ता पूँजी रु. ५२४ करोड, निक्षेप रु. ५,६०० करोड, कर्जा रु. ४,१०० करोड, शाखा संख्या १३६ र एटिएम संख्या १२२ र निक्षेपकर्ताहरुको संख्या ७ लाख ५० हजार भन्दा बढि पुगेको छ ।

प्रकाशित : ७ फाल्गुन २०७२, शुक्रबार ०४:३०