प्राइम बैंकको बोनस सुरक्षित गर्नुभयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्राइम बैंकको बोनस सुरक्षित गर्नुभयो ?



काठमाडाै । प्राइम बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने जेठ ८ गते बुधबार अन्तिम दिन रहेको छ । बैंकको शेयर जेठ ७ गते मंगलबार प्रतिकित्ता ३६३ रुपैयाँमा नेप्सेमा कारोबार भएको छ ।

जेठ २६ गते आइतबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा बिहान १० बजे आह्वान गरेको एघारौं वार्षिक साधारण सभाका लागि बैंकले जेठ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने बैंकले जनाएको छ ।

यस अनुसार जेठ ८ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनी मात्र बैंकको लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछ। ओम डेभलपमेन्टलाई खरिद गर्ने प्रक्रिया भाँडिएपछि प्राइमले सभामा मर्जर वा एक्विजिशनमा जान नयाँ पार्टनरको खोजी गर्न आवश्यक प्रकृया पुर्याउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्दैछ ।

प्रकाशित : ८ जेष्ठ २०७६, बुधबार १०:४४