सनराइज बैंक लिमिटेडको गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज बैंक लिमिटेडको गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार



काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा भक्तपुर .स्थित गठ्ठाघरको चारदोबाटोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक  लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो । सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक  अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १०६ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७६, बिहीबार २०:०१