जरङखुमा कान्तिपुरी सहकारीको सेवाकेन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

जरङखुमा कान्तिपुरी सहकारीको सेवाकेन्द्र



काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– ९ मा केन्द्रिय कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाले तारकेश्वर नगरपालिका–८ जरङखुमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । संस्थाको १९ औं वार्षिक उत्सवको अवसमा बिहीबार एक कार्यक्रमको बीच सेवा केन्द्रको सुभारम्भ गरिएको हो ।

सेवा केन्द्रको सुभारम्भ राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरेका थिए । कान्तिपुरी सहकारीले ‘कान्तिपुरीको निरन्तर साथमा उज्जल भविष्य मेरै हातमा’ भन्ने ध्ययेका साथ १९ वर्ष अघि स्थापना भएको थियो । सदस्यहरुको आवश्यकता र सहकारीको क्षेत्र विस्तारको क्रममा जरङखुमा सेवा विस्तार गरिएको संस्थाका अध्यक्ष मनोज भण्डारीले बताए ।

संस्थाले स्थापना दिवसको अवसरमा बृहत रक्तदान, निशुल्क स्वास्थ्य शिविर र पाठेघरको निशुल्क परिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो ।

प्रकाशित : ९ जेष्ठ २०७६, बिहीबार २१:३८