आइएमई जनरल इन्सुरेन्सले ५ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आइएमई जनरल इन्सुरेन्सले ५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । आइएमई जनरल इन्सुरेन्सले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँमा ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

आइएमईले प्रस्तावित बोनस सेयर नियामक बिमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ । साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित बोनसपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १० जेष्ठ २०७६, शुक्रबार ११:२१